पहिरोसँगै आएको ढुंगाले लागेर मकवानपुरमा प्रहरी जवानको मृत्यु

२०८० साउन २६ गते १४:४७

फाइल तस्बिर
हेटौंडा । मकवानपुरमा पहिरोसँगै आएको ढुङ्गाले लागेर एक प्रहरी जवानको ज्यान गएको छ । बिहिबार गए राति पहिरोसँगै आएको ढुंगाले लागेर जाजरकोट घर भएका प्रहरी जवान कृति बहादुर नेपालीको मृत्यु भएको हो ।
राति ११ बजे बाघझोरा बाट डिउटी सकेर मोटरसाइकलमा भैसे फर्कने क्रममा भिमफेदि गाउँपालिका वडा नम्बर १ बुलबुलेमा ढुंगाले लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
पहिरोमा परि अर्का प्रहरी जवान सुनिल मेचे घाइते भएको र उनको उपचार जारी रहेको जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर