पाकिस्तानको तल्लो संसद् रातारात विघटन – Nepal Press

पाकिस्तानको तल्लो संसद् रातारात विघटन

इस्लामवाद । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा संसद्को तल्लो सदन राष्ट्रिय सभा भंग गरेका छन् ।

यस संसद् भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ । यो निर्णय गए राति भएको हो । पीटीआई रिपोर्टका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा संविधानको धारा ५८ अन्तर्गत तल्लो सदन विघटन गरिएको हो ।

प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रपतिलाई पत्र लेखेर राष्ट्रिय सभा भंग गर्न सिफारिस गरेका थिए ।

पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल एन) नेतृत्वको गठबन्धन सरकार अझै दुई दिनसम्म सत्तामा रहन सक्थे । तर जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरानको पार्टीका पूर्व नेता राष्ट्रपति अल्वीले तल्लो सदन विघटन गर्न तत्काल अघिसूचना जारी गर्न अस्वीकार गर्ने सम्भावना रहे पछि दुई दिन अघि नै विघटनको सिफारिस गरेका हुन् ।

जियो न्यूजको रिपोर्टका अनुसार प्रधानमन्त्री शेहबाजले बुधवार ढिलो राष्ट्रपति अल्वीलाई राष्ट्रिय सभा विघटन गर्न पत्र पठाएका थिए, जसले औपचारिक रूपमा कार्यवाहक प्रधानमन्त्री नियुक्तिको प्रक्रिया सुरु गर्नेछ।

संसद्को तल्लो सदनको कार्यकाल सकिन तीन दिनअघि प्रधानमन्त्री शेहबाजले राष्ट्रपति अल्वीलाई यसलाई विघटन गर्न सल्लाह पठाएका हुन् । राष्ट्रपति अल्वीले तत्कालै राष्ट्रिय सभा भंग गर्न वा ४८ घण्टा ढिलाइ गर्न सूचना जारी गर्न सक्छन्।

नेशनल एसेम्बलीको समय पूर्व विघटन भएमा पाकिस्तानको निर्वाचन आयोगले ९० दिनभित्र निर्वाचन गराउनेछ। राष्ट्रियसभाको संवैधानिक कार्यकाल पूरा भएको भए ६० दिनभित्र निर्वाचन हुने थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर