इनर्जी ड्रिङ्क्स ‘म्याक्स टाइगर’को लक्की ड्रमा विजेताले जिते साइकलदेखि गाडीसम्म, कसले के पाए ? – Nepal Press

इनर्जी ड्रिङ्क्स ‘म्याक्स टाइगर’को लक्की ड्रमा विजेताले जिते साइकलदेखि गाडीसम्म, कसले के पाए ?

काठमाडौं । इनर्जी ड्रिङ्क्स म्याक्स टाइगरले ‘लक्की ड्र’ कार्यक्रममा विजेताले साइकलदेखि गाडीसम्म प्राप्त गरेका छन् ।

देशभरिबाट १२ हजार व्यवसायीले भरेको कुपनको आधारमा गरिएको लक्की ड्रमा विजेतालाई साइकल, मोबाइल, टिभी, बाइक र मारुती भ्यान प्रदान गरिएको छ । एग्रो थाई फुड प्रा.लि.ले उत्पादन गरेको इनर्जी ड्रिङ्क्स म्याक्स टाइगरले विगत केही समयअगाडि यो उपहार योजना ल्याएको थियो ।

‘म्याक्स टाइगर लक्की ड्र’ मा काठमाडौंको आरुबारीस्थित अमित स्टोर (३४०५१ कुपन नम्बर) ले मारुती भ्यान जितेको छ । काठमाडौंको गैरीधारामा आयोजना गरिएको ‘लक्की ड्र ओपन’ कार्यक्रममा अमित स्टोरलाई भ्यान उपहार परेको हो ।

देशभरिबाट १२ हजार व्यवसायीले भरेको कुपनको आधारमा गरिएको लक्की ड्रमा अमित स्टोरलाई मारुती भ्यान उपहार परेको हो । कार्यक्रममा १० जनलाई माउन्टेन बाइक (साइकल), ५ जनालाई मोबाइल, ३ जनलाई टिभी र २ जनालाई होन्डा युनिकोन बाइक परेको छ ।

माउन्टेन बाइक पाउनेहरु बिस्मार्ट (गोंगबु), आर.बी.के. स्टोर (बनेपा), प्रकाश स्टोर (गौर), गणेश टे«डर्स (हिले), ४२८९५ कुपन नम्बर, सुमन एन्ड सुदन स्टोर (तुलसीपुर), कल्पना इण्टरप्राइजेज (शान्तिनगर), ४८०३८ कुपन नम्बर, प्रशन्न प्राप्ती (गोलढुंगा) र ३७७८० कुपन नम्बर रहेका छन् ।

त्यस्तै, स्मार्ट मोबाइल पाउनेहरू आयुसा (कोहलपुर), ४३९६ कुपन नम्बर, ३७८११ कुपन नम्बर, ४८२५१ कुपन नम्बर, ३७४६५ कुपन नम्बर र एक जनाको नाम र कुपन नम्बरसमेत भएको परेका छन् ।

यस्तै, ४० इन्चको टिभी पाउनेहरू श्रेष्ठ स्टोर, ४११५४ कुपन नम्बर र हरि भट्ट (धादिङ, ३४४६९ कुपन नम्बर) रहेका छन् । ७५ इन्चको टिभी ४८१८३ कुपन नम्बरलाई परेको छ । होन्डा युनिकोन बाइक पाउने ३२०३४ कुपन नम्बर कालिमाटीका धनन्जय र ३७७८४ कुपन नम्बर रहेका छन् ।

कार्यक्रममा विशेष अतिथिका रुपमा मदिरा व्यवसायी संघ, काठमाडौंका अध्यक्ष राजन केसी, नेपाल चेम्बर अफ कमर्स प्रचारप्रसार विभागका प्रमुख सन्तोष पान्डे, मदिरा व्यवसायी संघ, ललितपुरका अध्यक्ष उपेन्द्र लाखे, मदिरा व्यवसायी संघ, भक्तपुरका अध्यक्ष जीवन शाहीलगायतको उपस्थिति थियो । एग्रो थाईका जनरल म्यानेजर विकास बरालले कार्यक्रममा उपस्थित सम्पूर्ण पाहुनाहरूलाई स्वागत गरेका थिए ।

एग्रो थाई फुडले उत्पादन गरेका म्यास टाइगरसँगै टाइगर सार्क, टोनिक वाटर, जीरा कोला, सोडा, एप्पल एक्स, ओआरएस स्पोर्टलगायत १८ भन्दा बढी ब्राण्डका पेय पदार्थहरु नेपाली बजारमा लोकप्रिय छन् । यी उत्पादनहरूले नेपालको ६० प्रतिशतभन्दा बढी बजार ओगटेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर