बेलायती खुद्रा बिक्रेता विल्को धराशायी, १२ हजार रोजगारी जोखिममा – Nepal Press

बेलायती खुद्रा बिक्रेता विल्को धराशायी, १२ हजार रोजगारी जोखिममा

लण्डन । उच्च मुद्रास्फीति र ब्याजदरले उपभोक्ता र व्यवसायलाई असर पुर्‍याएको जनाउँदै बेलायती घरेलु सामान कम्पनी विल्कोले बिहीबार आफू धराशायी हुने खतरा रहेको घोषणा गरेको छ ।

समूहले लगभग ४०० केन्द्र र अनलाइन सेवामार्फत साना घरेलु सामानहरूसहित सरसफाइ र बगैंचा निर्माणका लागि आवश्यक सामानहरू बिक्री गर्दै आएको छ ।

तत्कालका लागि समूहमा कार्यरत पुरानो नेतृत्वको स्थानमा नयाँ प्रशासकहरू नियुक्त गर्ने र सेवालाई सुसङ्गठित गर्ने आफ्नो योजना रहेको घोषणा गरेको छ । यद्यपि, विल्कोका कर्मचारीहरूले भने नयाँ नेतृत्वले व्यवसायलाई पुनः जीवित गर्न सफल हुनेमा शङ्का व्यक्त गरेका छन् ।

नयाँ नेतृत्वले आर्थिक रूपमा सङ्कटग्रस्त कम्पनीले व्यवसायको सेवालाई बचाउन बाह्य विशेषज्ञतालाई आह्वान गर्न सकिने पनि बताएको छ ।

विल्कोका प्रमुख कार्यकारी अधिकृत मार्क ज्याक्सनले एक विज्ञप्ति जारी गर्दै नयाँ प्रशासकहरूलाई नियुक्त गरिने निर्णय भएको बताए ।

‘हामीले सामना गरिरहेको बढ्दो नगद दबाबलाई ध्यानमा राख्दै संस्थाको उद्धारका लागि उपलब्ध समयमा आवश्यक तरलतालाई प्रत्याभूत गर्न नेतृत्व प्रतिबद्ध रहने छ’, उनले भने । रासस/एएफपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर