क्यानेडियन प्रधानमन्त्रीले गरे सबन्धविच्छेद – Nepal Press

क्यानेडियन प्रधानमन्त्रीले गरे सबन्धविच्छेद

ओटोवा । वैवाहिक जीवनको १८ वर्षपछि क्यानडाका प्रधानमन्त्री आफ्नी श्रीमतीसँग छुट्टिएका छन् ।

क्यानडाली मिडियाका अनुसार प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीले बुधवार इन्स्टाग्राममा आफ्नो सम्बन्ध विच्छेदको जानकारी दिएका हुन् ।

‘धेरै छलफलपछि हामीले एक अर्काको साथ छाड्ने निर्णय गरेका छौँ आफ्नो पोस्टमा प्रधानमन्त्री ट्रुडोले भनेका छन्, ‘हामी सधैँ जस्तै परिवार नै रहनेछौँ। हामीले एक अर्काको माया र सम्मानका लागि जे गरेका छौँ । जे गरेका छौँ । गरिरहनेछौँ।’

प्रधानमन्त्रीको यो पोस्ट उनको श्रीमती सोफिएलले पनि आफ्नो अकाउन्टमा सेयर गरेकी छिन् ।

प्रधानमन्त्री ट्रुडोले क्यानाडाली जनतालाई यस समयमा आफ्ना बालबालिकाको भलाइका लागि यस मामिलाको गोपनीयतालाई सम्मान गर्न अपिल गरेका छन्।

उनीहरूका तीन सन्तान (जेभियर (१५), एला ग्रेस (१४) हेड्रिन (९) छन् ।

मिडिया रिपोर्टका अनुसार पीएम जस्टिन र सोफीले २८ मे २००५ मा विवाह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर