तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य – Nepal Press

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साताको चौथो कारोबारका दिन सुनको मूल्य घटेको छ ।

बुधवार नेपाली बजारमा छापावाल सुन तोलामा ६ सयले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मङ्गलवार मात्रै प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसै गरी, बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४६० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर