टेरामोक्स कार्यान्वयन नगर्दा नेपाल टेलिकममाथि कारबाही – Nepal Press

टेरामोक्स कार्यान्वयन नगर्दा नेपाल टेलिकममाथि कारबाही

काठमाडौं । ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोक्स) कार्यान्वयन नगरेपछि दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई कारबाही गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकमले असहयोग गरेका कारण कारबाही गरिएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘टेरामोक्स जस्तो संवेधनशील विषय लागू गर्ने कुरामा टेलिकमले सहयोग गरेन । हामीले टेलिकम कम्पनीहरूलाई राजस्व चुहावट रोक्न, भीओआईपी कल बाइपास नियन्त्रण गर्न डाटा मागेका थियौं । हामीले प्रयोगकर्ताको नामको ठाउँमा संकेत राखेर डाटा दिन भनेका थियौं । तर, टेलिकमले अटेर गर्‍यो । भने एनसेलले काम गरिरहेको बताएको छ ।’

प्राधिकरणले टेलिकमलाई उपकरण आयातको सहजीकरण र विदेशी मुद्रा सिफारिसमा रोक लगाएको छ ।

टेरामोक्स लागू गर्न यसभन्दा अघि नै प्राधिकरणले टेलिकमलाई भनेको थियो । भने, टेरामोक्स लागू गर्न ३ अर्बभन्दा बढीको उपकरण आयात भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर