मस्कोको व्यापार क्षेत्रमा युक्रेनी ड्रोन हमला – Nepal Press

मस्कोको व्यापार क्षेत्रमा युक्रेनी ड्रोन हमला

काठमाडौं । रुसी राजधानी मस्कोमा युक्रेनले ड्रोन हमला गरेको छ ।

मस्कोका मेयरलाई साभार गरेर रुसी विश्व च्यानल आरटीका अनुसार आइतबार बिहान ड्रोन हमला भएको हो।

मस्कोका मेयर सेर्गी सोभ्यानीनका अनुसार मस्कोका विशाल भवन भएको क्षेत्रमा ड्रोन हमला भएको हो। यद्यपि मस्कोको दुई भवनमा क्षति पुगे पनि कुनै मानवीय क्षति भने नभएको मेयरले उल्लेख गरेका छन्।

सन २०२२ फेब्रुअरी २४ बाट सुरु भएको रुस युक्रेन युद्धमा ड्रोन हमला नियमित जस्तो हुँदै आएको छ । एक अर्काको हमलालाई आतङ्ककारी भनेर दुवै देशले व्याख्या गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर