यस्तो छ आज विदेशी मुद्राको विनिमय दर – Nepal Press

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ ३७ पैसा र बिक्री दर १४५ रुपैयाँ ०३ पैसामा किनबेच गर्न सकिनेछ  ।

हिजो अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसामा तथा युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७९ पैसा र बिक्री दर १६८ रुपैयाँ ५६ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४३  रुपैयाँ रहेको छ भने बिक्री दर ८८.८४ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ १९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६४ पैसामा खरिद बिक्री हुनेछ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसामा कायम गरेको राष्ट्र बैंकले दक्षिण कोरिया वन १०० को खरिदमा १० रुपैयाँ २४ पैसा र बिक्रीदर  १० रुपैयाँ २८ पैसामा कारोबार गर्न सकिने गरी अनुमति दिएको छ ।

यसै गरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँमा खरिदबिक्री गर्न सकिने जनाएको छ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२५.६९ पैसा तथा बिक्रीदर ४२७.६५ पैसा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर