युवराज सफललाई हातपात गरेर रास्वपालाई बदनाम गराउने धम्की दिएको आरोपमा पक्राउ – Nepal Press

युवराज सफललाई हातपात गरेर रास्वपालाई बदनाम गराउने धम्की दिएको आरोपमा पक्राउ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बदनाम गर्छु भन्दै पार्टीका नेताहरूलाई धम्की दिएको आरोपमा एक व्यक्ती पक्राउ परेका छन्।

प्रहरीले कपनबाट खोटाङ स्थायी घर भएका ४३ वर्षीय विजय कालिकोटेलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार कालिकोटेले रास्वपाका सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतलाई धम्कीपूर्ण म्यासेज गरेका थिए। अर्यालले त्यसबारे प्रहरीलाई खबर गरेका थिए।

‘रास्वपा सभापति लामिछानेविरुद्ध मुद्दा हालिरहने युवराज सफललाई हातपात गरेर पार्टीलाई बदनाम गर्ने भन्ने उनको धम्की रहेछ’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्।

आफूले चुनावमा टिकट नपाएपछि रास्वपालाई बदनाम गराउने योजनामा कालिकोटे रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

प्रहरीका अनुसार उनले रास्वपाका नेताहरुलाई उनीहरुकै याेजनामा हातपात भएकाे जसरी देखाउन म्यासेज गर्ने गरेका थिए । उनले अरुकै व्यक्तिकाे नाममा सिम निकालेकाे पाइएकाे प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर