रास्वपा सांसद सुमनाले सरकारलाई ‘गुण्डा’ भनेकोमा कांग्रेस सांसद बजगाईको नियमापत्ति (भिडिओ) – Nepal Press

रास्वपा सांसद सुमनाले सरकारलाई ‘गुण्डा’ भनेकोमा कांग्रेस सांसद बजगाईको नियमापत्ति (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले रास्वपा सांसद सुमना श्रेष्ठका अभिव्यक्ति संसदीय मूल्य मान्यताविपरीतका रहेको भन्दै रेकर्डबाट हटाउन माग गरेका छन् ।

रास्वपा र राप्रपाका कारण अवरोध भएर रोकिएको आइतवारको प्रतिनिधि सभा बैठकको दोस्रो सत्रमा शुरुमै उठेर समय लिदै कांग्रेस सांसद बजगाईले सुमनाले गुण्डा शैलीमा विधेयक पारित गर्न खोजेको भनी दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएका हुन् ।

सांसद बजगाईको नियमापत्तिलाई आफूले ध्यानाकर्षणमा लिएको भन्दै रेकर्ड हेरेर आवश्यक निर्णय लिने आश्वासन सभामुख देवराज घिमिरले दिएका छन् ।

सांसद श्रेष्ठले सत्तापक्षले बहुमतको नाममा अपराधी र गुण्डाहरुलाई संरक्षण गर्ने विधेयक ल्याएको आरोप लगाएकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर