अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाको भूमिका छ, बंकरबाट ब्यारेक फर्काउँछौं: उपप्रधानमन्त्री खड्का – Nepal Press

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाको भूमिका छ, बंकरबाट ब्यारेक फर्काउँछौं: उपप्रधानमन्त्री खड्का

नेपाली सेनामा अहिले ८१ हजार २७७ जना कार्यरत

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनामा ८१ हजार २७७ जना रहेको बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले ७४ हजार ५०५ पुरुष र ६ हजार ७७२ महिला रहेको बताए ।

रक्षामन्त्रीसमेत रहेका खड्काले मुलुकको आवश्यकताअनुसार सेनालाई परिचालन गरेको बताए ।

उनले भने, ‘त्यो सेना पूर्ण रुपमा आफ्नो जिम्मेवारीमा सक्रियपूर्वक लागेको छ । सेनाको संख्या विपद व्यवस्थापन, निर्माण, शान्ति सेनामा लगाएका छौं । सामान्य ठेकेदारी प्रथामा हुन नसकेको काम सेनाबाट गराउँदै आएको छ । सेनाको उच्चतम सदुपयोग गर्दै आइरहेका छौं ।’

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा पनि नेपाली सेनाको भूमिका विश्वमा सम्मानित भएको बताए । संगठित, व्यवस्थित र अनुशासित संगठनको रुपमा सेनालाई लिएको उनको भनाइ छ ।

मुलुकको आन्तरिक सुरक्षामा पनि सेना जिम्मेवार भएको उनले बताए । सेनालाई बंकरबाट ब्यारेक फर्काउने अभियान चलाइरहेको उल्लेख गर्दै मन्त्री खड्काले आगामी वर्षका लागि दुई अर्ब बजेट विनियोजन गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर