भारत जान लागेका अमेरिकी नागरिक ३८ हजार अमेरिकी डलरसहित विमानस्थलबाट पक्राउ – Nepal Press

भारत जान लागेका अमेरिकी नागरिक ३८ हजार अमेरिकी डलरसहित विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका अमेरिकी नागरिक ३८ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहररीले केभिन वेस्ली फिलिप्स नाम गरेका अमेरिकी नागरिकलाई पक्राउ गरेको हो । उनी भिस्तरा एयरलाइन्समार्फत नयाँ दिल्ली जान लागेका थिए । प्रहरीले फिलिप्सको साथबाट २ लाख ६९ हजार ३ सय ५० श्रीलंकन रुपी पनि बरामद भएको जनाएको छ ।

फिलिप्समाथी आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग बुझाइएको छ ।

यस्तै, एयर इन्डियामार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जान लागेका भारतीय नागरिक शिवम कुमार सैनी पनि ९ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर