उपभोक्ताको रकम लुटेको आरोपमा वीरेन्द्रनगरका वडाध्यक्ष पक्राउ – Nepal Press

उपभोक्ताको रकम लुटेको आरोपमा वीरेन्द्रनगरका वडाध्यक्ष पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । आइतबार वीरेन्द्रनगर नगरपालिकाको कार्यालयबाट उनी पक्राउ परेका हुन् ।

बिहीबार वडाध्यक्ष विष्टसहित सुशील गुरुङ, बलिराज शाहीले खोर्के खोला तटबन्धन उपभोक्ता समितिको साढे ६ लाख रूपैयाँ लुटेर लगेको भनी उपभोक्ताका समितिका सदस्यले प्रहरीमा जाहेरी दिएका थिए ।

गुरुङ र शाहीलाई भने प्रहरीले शुक्रबार नै पक्राउ गरेको थियो । उनीहरूले वडाध्यक्ष विष्टलाई दुई लाख दिएको स्वीकारेपछि विष्टलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ । वडाध्यक्षले भने आफूमाथि लागेको आरोप झूटो भएको बताउँदै आएका थिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मणबहादुर शाहीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर