ललिता निवास प्रकरण : मीनबहादुरसहित ३ जनालाई टिचिङबाट स्लाइनसहित सरकारी वकिल कार्यालय लगियो (तस्बिरहरू) – Nepal Press

ललिता निवास प्रकरण : मीनबहादुरसहित ३ जनालाई टिचिङबाट स्लाइनसहित सरकारी वकिल कार्यालय लगियो (तस्बिरहरू)

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्न म्याद थपको प्रक्रिया थालिएको छ । हिजो पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित चारजनालाई सरकारी वकिलको कार्यालय पुर्‍याइएको छ ।

गुरुङ, सुधीरकुमार शाह, र धर्मप्रसाद गौतम बिरामी भएपछि हिजोदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनीहरूलाई अस्पतालबाट सीआईबी कार्यालय ल्याएर म्याद थपका लागि लगिएको छ । स्लाइन चढाएकै अवस्थामा स्लाइनको बोतल हातमा बोकेर उनीहरू वकिल कार्यालय पुगेका छन् ।

अहिले यो प्रकरणमा गुरुङ, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, कर्मचारी गोपाल कार्की र पूर्वनिर्वाचन आयुक्तसमेत रहेका भक्तपुर मालपोतका तत्कालीन हाकिम सुधीर शाह पक्राउ परेका छन् । संलग्न अन्यमाथि निगरानी रहेको सीआईबीले जनाएको छ ।

२०४७ पछिको चरण चरणमा ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको सीआईबीको निष्कर्ष छ । राणालाई फिर्ता गरेको नाममा, नक्कली मोही खडा गरेर, गुठी खडा गरेर जग्गा हिनामिना गरेको पाइएको एसएसपी दिनेश आचार्यले बताए ।

मुलुकी ऐन २०२० अनुसार सरकारी कागजात कीर्तेमा हदम्यादको व्यवस्था नभएको भन्दै सीआईबीले कीर्ते मुद्दामा यो प्रकरणको फाइल खोलेको हो ।


प्रतिक्रिया

One thought on “ललिता निवास प्रकरण : मीनबहादुरसहित ३ जनालाई टिचिङबाट स्लाइनसहित सरकारी वकिल कार्यालय लगियो (तस्बिरहरू)

  1. कति पैसाले पनि नपुग्ने द्रब्य पिसाचहरु यी हामिहरु एक एक पैसाकाे लागि तडपिनु पर्छ यिनिहरुलाई कतिले पनि नपुग्ने रसियन कथा हामीलाई कति जमिन आबश्यक छ भन्ने कथामा झै भुँडी फुटेर मरुन यस्ता दानबहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर