कांग्रेसका जनप्रतिनिधिलाई गगन-विश्वले दिए प्रशिक्षण – Nepal Press

कांग्रेसका जनप्रतिनिधिलाई गगन-विश्वले दिए प्रशिक्षण

काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई बजेट निर्माणको बिषयमा मार्गनिर्देशन गरेको छ ।

‘स्थानीय तहको वजेट तथा कार्यक्रमको प्राथमिकता’ सन्दर्भमा पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सूचना, संचार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्मा र पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलको सहभागिता रहेको थियो ।

महामन्त्री थापाले नेपाली कांग्रेसको संकल्प स्थानीय तह निर्वाचन -२०७९ मा उल्लेखित भएको सवल स्थानीय सरकार ः समुन्नत गाउँ, समुन्नत नगर भन्ने मूल नाराका साथ समावेश भएका विषयहरु : शिक्षा, स्वास्थ्य, प्राकृतिक श्रोत, वन तथा वातावरण, रोजगार, स्थानीय पूर्वाधार, कृषि रोजगारी उद्यम, सेवा प्रवाह, वित्तिय अनुशासन लगायत विभिन्न विषयहरुमा स्थानीय तहको आगामी वजेट निर्माण गर्दा समावेश गर्ने सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।

यस्तै, अर्का महामन्त्री शर्माले पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधि बीचको सम्बन्ध, नागरिकसँगको सहकार्य, पारदर्शिता र जवाफदेहिता, सामाजिक रुपान्तरण तथा श्रोतको समुचित व्यवस्थापनका वारेमा आफ्नो विचार राखेका थिए ।

प्रचार विभागका प्रमुख विश्वकर्माले विकास र सुशासन संगसंगै जानु पर्ने तथा जनप्रतिनिधिको कार्यशैली र व्यवहार सरल हुनुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर