पहिरोको कारण कान्ति लोकपथ अवरुद्ध – Nepal Press

पहिरोको कारण कान्ति लोकपथ अवरुद्ध

हेटौँडा । हेटौँडा । काठमाडौं जोड्ने छोटो मार्ग कान्ति लोकपथ सडक अवरुद्ध भएको छ ।

पानी परेर पहिरो जाँदा कान्ति लोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडा क्षेत्रमा ढुङ्गा खस्दा सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय ठिंगनका अनुसार ललितपुरको भट्टेडाँडा क्षेत्रको तीन स्थानमा पहिरो गएको हो ।

हाल पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । पहिरोको कारण केही सवारीसाधनमा क्षति पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर