लुम्बिनीमा एमालेको जिम्मेवारी उलटपुलट, जनप्रतिनिधि एकातिर पार्टी जिम्मेवारी अर्कोतिर – Nepal Press

लुम्बिनीमा एमालेको जिम्मेवारी उलटपुलट, जनप्रतिनिधि एकातिर पार्टी जिम्मेवारी अर्कोतिर

रुपन्देही । नेकपा एमाले केन्द्रीय सचिवालयले लुम्बिनी प्रदेशका इन्चार्जदेखि जिल्ला इन्चार्ज तथा अन्य नेताहरूको जिम्मेवारी फेरेको छ ।

केन्द्रमा ७ पदाधिकारी रहेको लुम्बिनीको प्रदेशको इन्चार्ज अर्को प्रदेशबाट ल्याइएको छ । हालसम्म यहाँको इन्चार्ज रहेका केन्द्रीय सचिव छविलाल विश्वकर्मालाई सुदूरपश्चिम पठाएर यहाँ सचिव पद्मा अर्याललाई इन्चार्ज तोकिएको हो ।

पार्टीको जिम्मेवारीमा रहेका नेताहरू जनप्रतिनिधि रहेको क्षेत्रभन्दा अन्य क्षेत्रमा तोकिएपछि दुवैतिर कार्यसम्पादनमा कम हुने आंकलन गरिएको छ ।

लुम्बिनीबाट एमाले पदाधिकारीमा उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवाली, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, निलम्बित सचिव टोपबहादुर रायमाझी रहेका छन् । ती मध्ये पौडेल रुपन्देही २, विश्वकर्मा रुपन्देही १, विष्ट गुल्मी २ र रायमाझी अर्घाखाँचीबाट संघीय सांसद छन् । गुल्मी २ बाट निर्वाचित विष्ट गण्डकीको इन्चार्ज तोकिएका छन् ।

सचिव छविलाल विश्वकर्मा रुपन्देही क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य बनेका छन् । तर उनी सुदूरपश्चिमको इन्चार्ज बनेका छन् । रुपन्देही क्षेत्र नं २ को १ बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित लीला गिरीलाई प्रदेशको पश्चिम सिमानामा रहेको बर्दिया जिल्ला इन्चार्ज बनाइएको छ ।

नेकपाकालमा पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष र पछि प्रदेश सह इन्चार्ज रहेका पोलिटब्युरो सदस्य एवं पूर्व मुख्यमन्त्री गिरी लुम्बिनी प्रदेश सभामा विपक्षी दलको नेता हुन् । उनलाई बर्दियाजिल्लाको इन्चार्ज बनाइएपछि दुवैतिर समय मिलाउन समस्या हुने भएको छ ।

दाङको घोराही उपमहानगरका मेयर रहेका नरुलाल चौधरीलाई प्युठान जिल्लाको इन्चार्ज बनाइएको छ । उपमहानगरमा दैनिक काममा खटिनुपर्ने जनप्रतिनिधिलाई बेजिल्लाको पार्टीको महत्वपूर्ण जिम्मेवारी दिँदा त्यसबाट सोचेजस्तो नतिजा आउन नसक्ने धारणा आउन थालेका छन् ।

त्यसैगरी प्युठानबाट प्रतिनिधिसभा सदस्य रहेका सूर्य थापा गुल्मी, पाल्पाबाट प्रतिनिधि सभा सदस्य रहेका ठाकुर गैरे अर्घाखाँची र अर्घाखाँचीबाट प्रदेश सभा सदस्य रहेका चेतनारायण आचार्यलाई दाङको जिल्ला इन्चार्ज तोकिएका छन् । कपिलवस्तुको १ बाट प्रतिनिधि सभा सदस्य बनेका बलाराम अधिकारी पश्चिमनवलपरासीको इन्चार्ज तोकिएका छन् । यसरी उनीहरुलाई अलग जिल्लामा पार्टी जिम्मेवारी ताकिँदा काममा समस्या आउनसक्ने चिन्ता व्यक्त हुन थालेको छ ।

केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थीले जनप्रतिनिधि रहेका नेताहरुलाई बेजिल्लाको पार्टी जिम्मेवारीले सोँचेजस्तो कार्यसम्पादन हुन नसक्ने बताउँछन् ।

‘मैले पहिलेदेखि नै भन्दै आएको विषय हो, जनप्रतिनिधि रहेका साथीहरुलाई पार्टीको धेरै जिम्मेवारी कम गर्नपर्छ, बेजिल्लामा जाँदा त सम्बन्धित क्षेत्रमा मान्छेले खोज्दा पाउन नसक्ने अनि विरोध हुनसक्ने अवस्था आउनसक्छ, उदाहरणको लागि घोराहीको मेयर नरुलालजी दिनभर टेबलमा बस्नुपर्ने हुन्छ, उहाँ प्युठान जाँदा कसरी मिलाउनुहोला, लीला गिरी प्रदेश सभामा विपक्षी दलको नेता हो, उहाँ बर्दियामा बस्दा कसरी मिलाउने भन्ने प्रश्न खडा भएका छन्’, पन्थीले भने ।

पोलिटब्युरो सदस्य लीला गिरीले जनप्रतिनिधि भएकै क्षेत्र मिलाएको भए दुवैतिर काम गर्न सजिलो हुने भएपनि अब पार्टीले तोकेको जिम्मेवारी जसरी पनि पूरा गर्नुपर्ने बताए । ‘पार्टीमा लागेपछि दिएको जिम्मेवारी पूरा गर्नुपर्यो, गर्छु नै तर क्षेत्र मिलाएको भए काम गर्न सहज हुनेथियो’, गिरीले भने ।

यस्तो छ लुम्बिनीमा जिम्मेवारी बाँडफाँड

पदमाकुमारी अर्याल केन्द्रीय सचिव लुम्बिनी प्रदेश इन्चार्ज

१. रुपन्देहीः दलबहादुर राना, जिल्ला इन्चार्ज

दधिराम न्यौपाने बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका

गोमादेवि आचार्य सैनामैना नगरपालिका तथा कञ्चन, गैडहवा र सियारी गाउँपालिका

सावित्रादेवी अर्याल लुम्बिनी साँस्कृतिक नगरपालिका

शिवराज सुवेदी देवदह नगरपालिका, रोहिणी र ओमसतिया गाउँपालिका

कमल गौतम मर्चवारी, सम्मरीमाई, कोटहीमाई र मायादेवी गाउँपालिका

भुमिश्वर ढकाल सिद्धार्थनगर नगरपालिका तथा जनसंगठन समन्वय लुम्बिनी प्रदेश संयोजक

२. कपिलवस्तुः खिमलाल भट्टराई जिल्ला इन्चार्ज

गिरिधारीलाल न्यौपाने बाणगंगा नगरपालिका र बुद्धभुमी नगरपालिका तथा प्रमुख कृषि तथा पशुपन्छी विभाग

ब्रिजेशकुमार गुप्ता कपिलवस्तु र महाराजगञ्ज नगरपालिका तथा शुद्धोधन, मायादेवी र यशोधरा गाउँपालिका

शुशिलकुमार श्रीवास्तव शिवराज र कृष्णनगर नगरपालिका तथा बिजयनगर गाउँपालिका

३ दाङः चेतनारायण आचार्य जिल्ला इन्चार्ज

कोमल ओली बबई, दंगिसरण र शान्तिनगर गाउँपालिका

घनश्याम पाण्डे तुल्सीपुर उपमहानगरपालिका तथा इन्चार्ज मानव अधिकार फाँट

मेनका पोखरेल घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका

साजिदा खातुन सिद्धिकी राप्ती र गढवा गाउँपालिका

सिता न्यौपाने लमही नगरपालिका र राजपुर गाउँपालिका

४. बाँकेः खेममान खड्का जिल्ला इन्चार्ज

दिपा शर्मा राप्ती सोनारी र नरैनापुर गाउँपालिका

पशुपति दयाल मिश्र जानकी र डडुवा गाउँपालिका

मोहम्मद हारुन हलुवाई कोहलपुर नगरपालिका

शान्ति ढकाल खजुरा र बैजनाथ गाउँपालिका

सुर्य ढकाल नेपालगञ्ज उपमहानगरपालिका

५. बर्दियाः लीला गिरी जिल्ला इन्चार्ज

खड्गबहादुर खड्का गुलरिया र मधुवन नगरपालिका

भिमबहादुर केसी राजपुर र ठाकुरबाबा नगरपालिका तथा गेरुवा गाउँपालिका

शोभा ज्ञवाली बाँसगढी र बारबर्दिया नगरपालिका तथा बढैयाताल गाउँपालिका

६ रोल्पाः जीवन गौतम जिल्ला इन्चार्ज

ईश्वरी जिएम रोल्पा नगरपालिका, परिवर्तन, माडी, दुईखोली गाउँपालिका

कुमार दशौंदी रुन्टीगढी, गंगादेव र त्रिवेणी गाउँपालिका

यमुना रोका तामाङ थवाङ, सुनिलस्मृति र लुंग्री गाउँपालिका

७. गुल्मीः सुर्य थापा जिल्ला ईन्चार्ज तथा संयोजन प्रचार कार्य, लुम्बिनी

गणेश खनाल कालिगण्डकी, सत्यवती, चन्द्रकोट गाउँपालिका तथा मुसिकोट नगरपालिका

जंग बहादुर नेपाली धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिका

दिनेश पन्थी रेसुङ्गा नगरपालिका तथा रुरुक्षेत्र, छत्रकोट र गुल्मी दरबार गाउँपालिका

८. अर्घाखाँची ठाकुर प्रसाद गैरे जिल्ला ईन्चार्ज

चन्द्र बहादुर खड्का शितगंगा र भुमिकास्थान नगरपालिका तथा पाणिनी गाउँपालिका

बोमबहादुर विश्वकर्मा सन्धीखर्क नगरपालिका तथा मालारानी र छत्रदेव गाउँपालिका

९. नवलपरासी पश्चिम बलराम अधिकारी जिल्ला ईन्चार्ज

बिमला अर्याल रामग्राम नगरपालिका तथा पाल्हिनन्दन गाउँपालिका

सरिता खनाल (भुसाल) सुनवल, बर्दघाट नगरपालिका तथा प्रतापपुर, सरावल र सुस्ता गाउँपालिका

१०. प्युठान नरुलाल चौधरी जिल्ला इन्चार्ज

हरि रिजाल प्युठानका सबै पालिकाहरु

११. रुकुम पूर्व नविन रोक्का जिल्ला ईन्चार्ज

१२. बैजनाथ चौधरी पाल्पा जिल्ला इन्चार्ज

सिर्जना काफ्ले पाल्पा जिल्लाका सबै पालिकाहरु

नरेन्द्रकुमार श्रेष्ठ मधेश, कोशी र लुम्बिनी प्रदेश सम्पर्क कमिटी

लक्ष्मणराज ज्ञवाली संयोजन, पार्टी स्कुल, लुम्बिनी प्रदेश


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर