प्रचण्डको जस्तो छवि दुनियाँमा कुनै बुर्जुवा नेताको बिग्रेको छैन: आनन्द स्वरुप वर्मा – Nepal Press

प्रचण्डको जस्तो छवि दुनियाँमा कुनै बुर्जुवा नेताको बिग्रेको छैन: आनन्द स्वरुप वर्मा

नयाँ दिल्ली । भारतका वरिष्ठ पत्रकार आनन्द स्वरुप वर्माले प्रचण्डको छवि पछिल्लो समयमा धेरै कमजोर भएको बताएका छन् । वामपन्थ र प्रचण्ड दुवैबारे सकारात्मक दृष्टिकोण भएका मानिने पत्रकार वर्माले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको दौरानमा एक ब्लग लेख्दै यस्तो बताएका हुन् ।

कुनै पनि बुर्जुवाको भन्दा कमजोर छवि प्रचण्डको भएको वर्माको तर्क छ । भारतीय आउटलेट एबीपीलाइभमा लेखेका छन्, ‘क्रान्तिकारीको त कुरै छोडौं, आज प्रचण्डको छवि जति धुमिल भएको छ, त्यति धुमिल दुनियाँमा कुनै बुर्जुवा नेताको भएको छैन ।’

घरी ओली त घरी देउवासँग मिल्ने र पछिल्लो समयमा मोदीसँग आफ्नो केमेस्ट्री मिल्ने भन्दै प्रचण्डले विवादास्पद कुरा गरेको वर्माले उल्लेख गरेका छन् ।

नेपाल मामिलाका जानकार तथा ‘तिसरी दुनियाँ’ नामक अखबारका सम्पादक वर्माले नेपाल पछिल्लो समय चीनसँग नजिक भएको उल्लेख गर्दै भारतले नेपाललाई विश्वासमा लिनुपर्ने तर्क गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर