सन्दीपलाई दक्षिण अफ्रिका नपठाउने ‘लिगल टीम’को निर्णय – Nepal Press

सन्दीपलाई दक्षिण अफ्रिका नपठाउने ‘लिगल टीम’को निर्णय

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा सहभागी नगराउने निर्णय उनको लिगल टीमले गरेको छ ।

सन्दीपको मुद्दा सुनुवाइमा ढिलाई भएका कारण उनी नजाने निर्णय भएको सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए ।

‘मुद्दाको टुंगो नलगाई उनी नजाने हाम्रो लिगल टीमको निर्णय भयो । जिम्बावे भ्रमणबारे अझै केही निर्णय भइसकेको छैन’, घिमिरेले भने ।

नेपालले जिम्बावेमा विश्वकप छनोट खेल्दै छ । सन्दीपविरुद्ध लागेको बलात्कारको आरोपको फैसला सुनुवाई विभिन्न बहानामा सर्दै आएको छ ।

मंगलबारका लागि पेशी तोकिएपनि न्यायाधीशले अन्तरिम क्षतिपूर्तीको निवेदन परेकाले त्यसको निर्णय भएपछि मात्र फैसला सुनुवाई हुने बताएका थिए ।

 


प्रतिक्रिया

One thought on “सन्दीपलाई दक्षिण अफ्रिका नपठाउने ‘लिगल टीम’को निर्णय

  1. यो विषयमा अदालत देशको लागि तुरुन्त मुद्दाको छिनोफानो लगाइयोस आम नेपालीको चाहना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर