शरणार्थी प्रकरणका दोषीलाई कारबाही माग गर्दै दीपकराज गिरीसहितले गरे प्रदर्शन – Nepal Press

शरणार्थी प्रकरणका दोषीलाई कारबाही माग गर्दै दीपकराज गिरीसहितले गरे प्रदर्शन

भ्रष्टाचारलाई अन्त्य गर्न सबै नागरिकले दवाव सिर्जना गर्नुपर्छ : दिपकराज गिरी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै दवावमा नपरेर दोषीलाई कारवाही गर्नुपर्ने भन्दै युवाहरुको एक समूहले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा राम्रो काम गर्ने प्रहरी प्रशासनलाई धन्यवाद दिदै उनीहरुले कुनै दवावमा नपरेर दोषीलाई कारवाही गर्नुपर्ने जनाएका छन् ।

काठमाडौंको माइतिघरमा प्रदर्शनमा आएका युवाहरुले नछोड्नु है दोषीलाई दवावमा, नपरेरै कसैको प्रभावमा, फेरि पनि भन्दैछौ बारम्बार, रोकौ भ्रष्टाचार लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी कलाकार दिपकराज गिरीले भ्रष्टाचारलाई अन्त्य गर्नका लागि सबै नागरिकहरुले दवाव सिर्जना गर्नुपर्ने बताए ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई उन्मुक्ति दिन नहुने र यसका लागि राज्यलाई निरन्तर दवाव दिनुपर्ने जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर