क्यान्सर जितेकी गायिका वन्दनाको ‘जित्नेको हाँसो’ पुस्तकको समीक्षा – Nepal Press

क्यान्सर जितेकी गायिका वन्दनाको ‘जित्नेको हाँसो’ पुस्तकको समीक्षा

रुपन्देही । क्यान्सर जितेकी गायिका देवीका बन्दनाले यो रोग लागेपछि मनमा खेलेका कुरा र भोगाइहरूलाई लिपिबद्ध गरी प्रकाशन गरेको पुस्तक ‘जित्नेको हाँसो’ को शनिवार बुटवलमा समीक्षा गरिएको छ ।

स्तन क्यान्सर जितेकी बन्दनाले क्यान्सर लागेको थाहा पाउँदादेखि उपचार सफल हुँदासम्मको घटनालाई समेटेर तयार गरेको पुस्तकको समीक्षा गरिएको हो ।

बन्दनाले कार्यक्रममा बोल्दै आत्मविश्वास भएमा र रोगको पहिचानबाट क्यान्सरलाई निको पार्न सकिने भएकोले सानो समस्या नै देखिए पनि सचेत हुन आग्रह गरिन् । उनले मैले जित्छु भन्ने आत्मविश्वास राखेकोले आफू सफल भएको बताइन् ।

समीक्षक ऋषि आजादले पुस्तकमा भएका विषयको बारेमा उल्लेख गरेका थिए । पुस्तकमा लेखकले आफ्नो भावभन्दा पनि नियमित लेखनको जस्तै भाव आएको बताए ।

क्यान्सर जितेकी निल हिरा समाजकी आनिक रानाले क्यान्सरलाई आत्मविश्वासले जित्न सकिने बताउँदै जितेको खुसीसँगै जिन्दगीभर यसको पीडा भने मनमा रहने बताइन् । कार्यक्रममा लेखक चिरन बराल, अंग्रेजी अनुवादक माधव पौडेललगायतले पुस्तकमा उठान भएका विषयका बारेमा धारणा राखेका थिए ।

अंग्रेजी र नेपाली भाषामा प्रकाशित पुस्तक नेपालीमा जित्नेको हाँसो र अंग्रेजी विनर्स गेल नाममा बजारमा पुस्तक आएको हो ।

यो पुस्तक वैशाख १४ गते काठमाडौंमा मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विमोचन गरेका थिए । सर्जक कलाकार चिरन बरालले तयार पारेको पुस्तकको अंग्रेजीमा अनुवाद लेखक माधवकुमार पौडेलले गरेका हुन् ।

किताबको बिक्रीबाट उठेको रकमलाई क्यान्सरपीडितको उपचारको लागि कोष बनाएर खर्च गर्ने गायिका बन्दनाले घोषणा गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर