गीतकार हीराकाजीको ‘पर्खी बस’ को भिडिओ सार्वजनिक – Nepal Press

गीतकार हीराकाजीको ‘पर्खी बस’ को भिडिओ सार्वजनिक

काठमाडौं । गायक रमेश सापकोटाको स्वर रहेको ‘पर्खी बस’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । जसमा गीतकार हीरा काजी थापाको शब्द रहेका छन् भने भिडिओको निर्देशन पनि गीतकार स्वयमले नै गरेका हुन् ।

बेलायतबाट भर्चुअल माध्यमबाट करिब दर्जन भिडिओ निर्देशन गरिसकेका निर्देशक थापा नेपालमा नै आएको समयमा निरन्तर भिडिओ निर्देशनलाई निरन्तरता दिइरहेका बेला पर्खी बस बोलको गीतको भिडिओ बजारमा आएको हो । जसमा मोडलद्धय बिजय पुन मगर र मनिषा लामाको अभिनय रहेको छ ।

भिडिओले आफ्नो मायालुलाई पर्खी बसेकी प्रेमीकाको त्याग र चोखो मायालाई देखाएको छ । एक प्रेमील जोडीको चोखो मायाले भरिएको भिडिओको निर्देशन पनि गीतकार थापाले नै गरेका हुन् भने भिडिओको कोरियोग्राफी प्रमोद कुमार भण्डारीले गरेका हुन् ।

गायक तथा संगीतकार बिक्रम थापाको संगीत रहेको गीतमा कुशल सिंहको एरेन्ज तथा किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । भिडियोको छायांकन देव दोर्जे लामाले गरेका हुन् भने भिडिओको सम्पादन र कलरिङ नबिन निरौलाले गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर