‘जाली परदेशी’ मा उषा, गरिमा र नवराज – Nepal Press

‘जाली परदेशी’ मा उषा, गरिमा र नवराज

काठमाडौं । गायिका रचना रिमाल र गायक आलिफ खानको जाली परदेशी बोलको गीतको भिडिओ रिलिज भएको छ । रोमान्टिक शैलीमा तयार पारिएको गीतको भिडिओमा गरिमा शर्मा, उषा उप्रेती र नवराज न्यौपानेको अभिनय रहेको छ ।

नवराज न्यौपानेकै शब्द तथा राजेन्द्र बजगाईँको संगीत तथा एरेन्ज रहेको गीतको निर्मात्री निशा न्यौपाने हुन् । केशवराज भट्टको निर्देशनमा तयार भएको सार्वजनिक गीतको भिडिओको सम्पादन बन्दे प्रसादले गरेका हुन् भने भिडिओको छायांकन मन कृष्ण मर्हजनले गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर