‘नम्बरी सुन’को सेकेन्ड लुक्स सार्वजनिक – Nepal Press

‘नम्बरी सुन’को सेकेन्ड लुक्स सार्वजनिक

काठमाडौं । राजु गिरीको निर्देशन रहेको चलचित्र ‘नम्बरी सुन’को सेकेन्ड लुक्स सार्वजनिक भएको छ। चलचित्रको सबै मुख्य पात्रहरुलाई फिचर्ड गरेर पोस्टर सार्वजनिक गरिएको हो। चलचित्र आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउँदै छ ।

नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी,लगायत कलाकारको अभिनय छ।

सार्वजनिक पोस्टरमा कलाकारको भावलाई प्रस्तुत गरिएको छ । पोस्टरमा अभिनेत्री नम्रता सापकोटालाई साधारण महिलाको रुपमा प्रस्तुत गरिएको छ भने गौरवलाई केही आक्रोशित मुडमा देखाइएको छ । चलचित्रमा खलपात्रको भूमिकामा देखिएका किरणलाई काँधमा हतियार बोकेर आक्रोशित भएको पाइन्छ। अभिनेता सरोजलाई गम्भीर चरित्रमा देखाइँदा राजाराम र बुद्धिलाई आश्चर्यको शैलीमा प्रस्तुत छन् ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर निर्माण गरेका हुन् ।

राजेश पायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर रहेको चलचित्रमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र गौतम राज खड्काको सम्पादन छ।

चलचित्रलाई काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर