बेलदारी, झिटकैया लगायतका केही बुथ कब्जा हुने सम्भावना छ: सीके राउत – Nepal Press

बेलदारी, झिटकैया लगायतका केही बुथ कब्जा हुने सम्भावना छ: सीके राउत

बारा । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचन अन्तर्गत आज मतदान भइरहेको बेला बारा २ का सीमावर्ती गाउँमा आफूलाई समेत जान नदिएको गुनासो गरेका छन् ।

अध्यक्ष राउतले भारत सिमासँग जोडएको पचरौता नगरपालिका ४ बेलदारीमा जनमत पार्टीका कार्यकर्तालाई मात्र नभएर आफूलाई पनि प्रचार प्रसार गर्न समेत जान नदिएको गुनासो गरेका हुन् ।

मतदानको अवलोकन गर्ने क्रममा अध्यक्ष राउतले सञ्चारकर्मीसँग भने, ‘जसपासँग प्रशासन मिलेको छ । हाम्रो कार्यकर्तालाई ज्यान मार्ने धम्की दिएको छ, अनी कसरी निष्पक्ष निर्वाचन हुन्छ रु म राष्ट्रिय अध्यक्ष हुँदा पनि केहि गाउँमा जानसक्ने अवस्था छैन ।’

देवतालको झिटकैया बुथमा मतदाताको सहमतीमा अरु व्यक्तिले पनि मतदान गर्न पाउने निर्णय जर्वजस्ती गराएको पनि उनले बताए । उनले भने– यो निर्णय बुथकब्जा गर्नकै लागि गरिएको छ ।’

सुरक्षाकर्मीसँग पटक पटक सुरक्षा माग्दा नदिएको उनको गुनासो छ । उनले प्रशासनको मिलोमतोका कारण बेलदारी, झिटकैया लगायतका केही बुथ कब्जा हुनसक्ने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर