बाँकेमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु

२०८० वैशाख ९ गते १५:२१

बाँके । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा कोभिड संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो । उनलाई यही वैशाख १ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उनलाई दमको पनि समस्या रहेको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर