यूएईले टस हार्‍यो, पहिला बलिङ गर्दै कुवेत – Nepal Press

यूएईले टस हार्‍यो, पहिला बलिङ गर्दै कुवेत

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह बी मा आफ्नो पहिलो खेल खेल्न लागेको यूएईले कुवेतसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरूहुने खेलमा यूएई कुवेतलाई पराजित गर्दै प्रतियोगिताको सुखद सुरूआत गर्ने लक्ष्यमा रहेको छ । यूएई समूह बी मा रहेको उपाधि दाबेदार टिम हो ।

यस्तै, मुलपानी मैदानमा केहीबेरमा सुरू हुने समूह ए अन्तर्गतको खेलमा ओमानविरूद्ध कतारले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

ओमानपनि आजको खेलमा कतारविरूद्ध सहज जित निकाल्दै २ अंक जोड्ने लक्ष्यमा रहेको छ ।

आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपको ‘रोड म्याप’का रुपमा लिइएको यस प्रतियोगितामा नेपालसहित १० राष्ट्रको सहभागिता रहेको छ । हरेक पाँच राष्ट्रलाई दुई समूहमा बिभाजन गरिएको छ ।

प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदीअरब छन् भने समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

दुवै समूहका शिर्ष दुई टीमले सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते मा टियुमा हुनेछ । यस प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एशिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउनेछ भने शीर्ष तीन टीमले जुलाईमा आयोजना हुने ‘एसीसी इमर्जिङ टिम्स’ एसिया कप खेल्न पाउनेछन् ।

( सच्याइएकाे : यसअघि  हेडलाइनमा कुवेतले ब्याटिङ गर्दै भएकाले सच्याइएकाे छ ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *