आगामी वर्ष ‘जातीय विभेद विरुद्धको वर्ष’ बनाउने प्रकाश सपुतको घोषणा – Nepal Press

आगामी वर्ष ‘जातीय विभेद विरुद्धको वर्ष’ बनाउने प्रकाश सपुतको घोषणा

काठमाडौं । गायक एवम सर्जक प्रकाश सपुतले आगामी वर्ष २०८० लाई आफ्ना सिर्जनामा ‘जातीय विभेद विरुद्धको वर्ष’ बनाउने भएका छन् । यस वर्षको अन्तिमतिर हतार-हतार गरेर ‘सकम्बरी’ गित सार्वजनिक गर्ने तयारी गरेका उनले अर्को केहि सिर्जना जातीय विभेद विरुद्ध आउने सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

उनले आफूले अहिलेसम्म उठाएका सामाजिक विषलाई जसरी गम्भिर रुपमा लिइएको छ, त्यसरी ने आगामी सिर्जनाका विषयलाई पनि गम्भीर र साँझा मुद्दाको रुपमा लिने अपेक्षा गरेको बताए ।

उनले आफूलाई जतिसुकै निरुत्साहित गरे पनि व्यवसायिक हिसाबले मनोरञ्जन दिने र जिम्मेवार नागरिककका हिसावले सामाजिक विषयमा आवाज उठाउने प्रयासमा कमी नल्याउने प्रतिवद्धता पनि सामाजिक सञ्जालबाटै जनाएका छन् । उनले सबैलाई चेतना र मायामा कमी नगर्न पनि अनुरोध गरका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘अलि हतार गरेर यो गित (सकम्बरी) यहि वर्ष २०७९ भित्रै प्रकाशन गर्दै छु । किनकि अर्को वर्ष २०८० लाई आफ्ना सिर्जनामा ‘जातीय विभेद विरुद्धको वर्ष’ भनेर गर्ने सोच बनाएको छु । केहि सिर्जना जातिय विभेद विरुद्द आउनेछन् । मलाई विश्वास छ जसरी अघिल्ला सिर्जनामा नजानिदो गरि देखाईएका सामाजिक विषयलाई गम्भिर रुपमा लिनुभएको छ, यसरी नै आगामी सिर्जनाका विषयलाई पनि साझा मुद्दाको रुपमा लिनुहुनेछ र मनन गर्नु हुनेछ । यधपी, चाहे जति नै निरुत्साहित गरियोस व्यवसायिक हिसाबले मनोरन्जन प्रदान गर्ने र जÞिम्मेवार नागरिका हिसाबले सामाजिक विषयमा आवाज उठाउने प्रयासमा कमी आउनेछैन ।तपाईको चेतना र मायामा पनि कमि नआओस है ।’

गायक सपुतले ‘सकम्बरी’ गीत चैत ३० गते बिहीबार आफ्नौ युट्युव च्यानलबाट सार्वजनिक गर्ने तयारी छ । डिसहोम गो एप्समार्फत भने शुक्रबारबाटै हेर्न सकिने व्यवस्था गरिएको गायक सपुतले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *