युट्यूव ट्रेन्डिङको शीर्षस्थानमा दुई हप्तादेखि स्वप्न सुमनको कब्जा – Nepal Press

युट्यूव ट्रेन्डिङको शीर्षस्थानमा दुई हप्तादेखि स्वप्न सुमनको कब्जा

काठमाडौं । लोकप्रिय गायक स्वप्न सुमनको स्वरमा रहेको ‘जे छौ तिमी’ बोलको गीत दुई हप्तादेखि युट्यूव ट्रेन्डिङको शीर्षस्थानमा रहेको छ। दुई हप्तादेखि यो गीतले युट्यूवको १ नम्वर स्थान ओगटेको हो।

सार्वजनिक गीतलाई अहिलेसम्म ६८ लाख पटक हेरिएको छ। गीतलाई दैनिक लाखौंले हेरिरहेका छन्। सकारात्मक प्रतिक्रिया पाएर लामो समयदेखि ट्रेन्डिङमा पर्न सफल यो गीतलाई स्वप्न एक्लै भने गाएका होइनन्।

यसमा उनलाई समिर श्रेष्ठले साथ दिएका छन् । गीतमा शब्द र संगीत स्वप्र आफैले भरेका हुन् । गीतको निर्माण र मिक्सिङ भने साश्वत श्रेष्ठले गरेका हुन् भने म्युजिक भिडिओको निर्देशन नयन राईले गरेका हुन् ।

युट्युबमा गीत हिट हुनु अघि यस गीतका केही लाईनहरु टिकटकमा हिट भएका थिए। ‘नढाकन मुहार श्रृंगारले, चन्द्रमामा पनि दाग हुन्छ’ भन्ने लाइनलाई दर्शकले अत्याधिक रुचाएपछि गीतले थप चर्चा बटुलेको हो।

अस्ट्रेलिया, युएई लगायतका देशहरुमासमेत ट्रेन्डिङमा पर्न सफल गीको भिडियो सामान्य छ। करिब ४ मिनेट लामो भिडियोमा स्वप्न र समिरलाई मात्र गाउँदै गरेको देख्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *