आर्टमान्डूको ‘माया जाने हो त ट्र्याक्टरमा’ सार्वजनिक – Nepal Press

आर्टमान्डूको ‘माया जाने हो त ट्र्याक्टरमा’ सार्वजनिक

काठमाडौं। आर्टमान्डूले नयाँ म्युजिकल फिल्म ‘माया जाने हो त ट्र्याक्टरमा’ सार्वजनिक गरेको छ।

ट्रयाक्टर ड्राइभरको जीवनशैली र नेपालको ग्रामीण परिवेशलाई प्रतिबिम्बित गर्ने गरी उक्त गीत सार्वजनिक गरिएको हो। एक नारायण भण्डारीको शब्द रहेको गीतमा आशिष अविरलको स्वर तथा संगीत सुन्न सकिन्छ।

गीतको भिडियोमा सम्राट थापा, अन्जना बराइली र प्रकाश नेपालीको अभिनय रहेको छ।‘तीनपाते’, ‘के माया लाग्छ ररु’, ‘घुमीघुमी’ जस्ता चर्चित म्युजिकल फिल्म निर्माण गरेको आर्टमान्डूको यो फरक प्रयास हो। गत वर्ष पाँचथर, इलामको सिमानामा रहेको सप्तमी बजारमा यो भिडियोको छायांकन गरिएको थियो।

https://www.youtube.com/watch?v=2y5lTIn9QhY


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *