प्रसाद–२ रिलिज नभएकोमा सुर्दशन थापाले गरे क्षमायाचना – Nepal Press

प्रसाद–२ रिलिज नभएकोमा सुर्दशन थापाले गरे क्षमायाचना

काठमाडौं । चलचित्र प्रसाद–२ को रिलिज रोकिएपछि निर्देशक सुर्दशन थापाले माफी मागेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा स्टाट्स लेख्दै दुख प्रकट  गर्दै माफी मागेका हुन्।

उनले लेखेका छन, ‘विविध कारणवश प्रसाद–२ सार्वजनिक प्रदर्शनी मितीमा आउन सकेन। यसबाट ‘प्रसाद २’ का नेपाल र विदेशका वितरकलाई पर्न गएको आर्थिक क्षति तथा मेरो टिमका कलाकार, प्राविधिक र सर्जकहरूमा पर्न गएको सिर्जनात्मक क्षतिप्रति अन्तरमनदेखि दुख व्यक्त गर्दछु र दर्शक शुभचिन्तकप्रति माफी चाहन्छु।’

उनले हाल प्रसाद–२ लाई परेको समस्या छिट्टै टुंगो लाग्ने र अर्काे प्रदर्शन मितिसहित दर्शकमाँझ आउने कुरा पनि स्टाट्समा उल्लेख गरेका छन्।

प्रसाद–२ आज अर्थात चैत्र २४ बाट रिलिज हुने तय भएको थियो। तर चलचित्रकै निर्माता केशव पाण्डेले अर्का निर्माता सुवास थापालाई मुद्धा हालेपछि प्रदर्शनी रोकिएको हो। प्रसाद २ को प्रदर्शन रोक्न माग गर्दै केशव पाण्डेले रिट निवेदन दिएका थिए ।

उक्त निवेदनपछि उच्च अदालत पाटनले चलचित्र प्रदर्शन रोक्न आदेश दिएको थियो। आफूसँग रकम लिएर चलचित्रका निर्माताले ठगी गरेको उनको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *