‘नाईं नभन्नू ल ६’ को तेस्रो गीत ‘तलाउमा ढुंगा नहान’ सार्वजनिक (भिडिओ) – Nepal Press

‘नाईं नभन्नू ल ६’ को तेस्रो गीत ‘तलाउमा ढुंगा नहान’ सार्वजनिक (भिडिओ)

काठमाडौं । चलचित्र ‘नाईं नभन्नू ल ६’को तेस्रो गीत ‘तलाउमा ढुंगा नहान’ सार्वजनिक भएको छ । वैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको डान्सिङ ट्रयाकको गीत आज सार्बजनिक भएको हो । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आशिर्वाद क्षेत्री र आँचल शर्माले नृत्य गरेका छन् ।

मेलिना राई र राजनराज सिवाकोटीको स्वर रहेको गीतमा वसन्त सापकोटाले संगीत दिएका छन् । गीतको रचनाकार पनि सापकोटा स्वयं हुन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । यसअघि निर्माण टिमले ‘दिउँला माया’ र शीर्ष गीत सार्वजनिक गरेका थिए ।

विकाश आचार्यको निर्देशन रहेको फिल्ममा आशिर्वाद र आँचलबाहेक प्रियंका कार्की, सरोज खनाल, अथर्व लुइँटेल, एभलिना खड्का, अनुभव रेग्मी आदिको अभिनय रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *