जनमतका शिवचन्द्रले गराए बारा २ मा उम्मेदवारी दर्ता – Nepal Press
उपचुनाव

जनमतका शिवचन्द्रले गराए बारा २ मा उम्मेदवारी दर्ता

जनकपुरधाम । जनमत पार्टीबाट बारा क्षेत्र नम्वर २ मा शिवचन्द्र कुशवाह उम्मेदवारी दर्ता गराएका छन् ।

कलैयास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । कार्यकर्ताहरूको मोटरसाइकल र्‍यालीको साथमा कुशवाहा मनोनयन दर्ता गर्न पुगेका थिए ।

यसअघि गठबन्धनबाट लडेका कुशवाह करिब ३ सय मतान्तरले रामसहायप्रसाद यादवसँग पराजित भएका थिए । केही दिनअघि मात्र माओवादी केन्द्र छाडेर उनी जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

यहाँ जसपाबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, नेकपा एमालेबाट पुरुषोत्तम पौडेललगायतले उम्मेदवारी दिएका छन् ।

यादवलाई १० दलीय गठबन्धनमध्ये कांग्रेस, माओवादी, नेकपा एस र लोसपाको समर्थन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर