उपेन्द्र लक्षित बाबुराम टिप्पणी- चुनाव अमूक नेतालाई राज्य दोहनको लाइसेन्स दिने कर्मकाण्ड होइन – Nepal Press

उपेन्द्र लक्षित बाबुराम टिप्पणी- चुनाव अमूक नेतालाई राज्य दोहनको लाइसेन्स दिने कर्मकाण्ड होइन

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावलाई अमूक पार्टी र नेतालाई सत्तामा पुर्‍याउने भर्‍याङ नबनाउन आग्रह गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव लक्षित ट्विट गर्दै उनले केही वर्ष/महिनामा अमुक पार्टी/नेतालाई राज्य दोहनको लाइसेन्स दिने कर्मकाण्ड होइन भनेका छन् ।

उनले लेखेका छन्, ‘चुनाव जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि/अवसर हो । हाम्रो लोकतन्त्रमा चुनाव/उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दैछ ! रोकौँ !’

जसपा अध्यक्ष यादव नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकाे समर्थनमा बारा २ काे उपनिर्वाचनमा उम्मेदवार बन्ने तयारी गरिरहेका छन् । उनी यसअघि मंसिरकाे निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर