प्रचण्डलाई ओलीको सुझाव- भारत जाँदा सीमा अतिक्रमणबारे बोल्नुस् (भिडिओ) – Nepal Press

प्रचण्डलाई ओलीको सुझाव- भारत जाँदा सीमा अतिक्रमणबारे बोल्नुस् (भिडिओ)

मिटरव्याजीलाई कारबाही होस्, हामी आफैँ पनि सचेत बनौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको नभई व्यक्तिगत हितको लागि काम गरिरहेको आरोप लगाएका छन् ।

रिपोटर्स क्लब नेपालले आफ्नो रजत महोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा ओलीले अहिले देश निकै जटिल अवस्थामामा पुग्दा वर्तमान सरकारले व्यक्तिगत हितको लागि काम गरेको बताएका हुन् ।

सरकारको क्रियाकपालकै कारण मुलुकको राजनीति छताछुल्ल, भताभुंग भएको र अविश्वासको चक्र बढ्दै गएको ओलीको टिप्पणी छ । नेपालमा हुने चुनावमा कसलाई जिताउने वा हराउने भन्ने खेल बाहिरबाट हुने गरेको भन्दै उनले मुलुकको सार्वभौमसत्ता कमजोर बनेको जिकिर गरे ।

ओलीले निकट भविष्यमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको भन्दै भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न सुझाव दिएका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई छलफलबाटै टुंग्याउनुपर्नेमा जोड दिँदै उनले बहुमतका आधारमा अघि बढाउन खोजे एमालेले विरोध गर्ने चेतावनी दिए ।

ओलीले मिटरब्याजपीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेको जानकारी दिँदै मिटरव्याजीहरुलाई कारबाही गर्न सरकार अग्रसर हुनुपर्ने पनि बताए ।

उनले भने, ‘सरकारले ध्यान दिएर मिटरव्याजीहरूलाई कारबाही गर्नुपर्छ, अप्ठ्यारो पर्‍यो भन्दैमा जस्तो पायो त्यस्तो व्याजमा सही गर्ने, केमा सही गरेँ थाहा नपाइकन मिटरव्याजी कारोबार गर्न पनि कोही मञ्जुर हुनु हुँदैन । हामी कोही पनि मिटरब्याजको कारोबारमा फस्नु भएन । मिटरब्याजमा पैसा लिनु भएन । आफैँ पनि सचेत हुनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर