गठबन्धन हाम्रो बाध्यता हो, संसद् जोगाउन यसअघि हामीले विश्वासको मत दिएका थियौं: देउवा – Nepal Press

गठबन्धन हाम्रो बाध्यता हो, संसद् जोगाउन यसअघि हामीले विश्वासको मत दिएका थियौं: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै दलको पनि संसदमा बहुमत आउने अवस्था नभएपछि गठबन्धनको आत्मसाथ गर्नुपरेको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत मागेपछि बोल्दै उनले भने, ‘हामी गठबन्धनको संस्कारमा जानुको विकल्प छैन। राजनीति गठबन्धनहरु अस्थिरता ल्याउने र क्षणिक स्वार्थको लागि मात्रै हुनु हुँदैन। देश र जनताको पक्षमा गठबन्धन केन्द्रित हुन आवश्यक छ।’

मुलुकको राजनीतिक सुनिश्चिता नै आवश्यक भएकाले कांग्रेसले यसअघि पनि विश्वासको मत दिएको बताए।

उनले भने, ‘हामी संसदमा प्रमुख प्रतिपक्षको रुपमा रहेर पनि प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गरेका थियौं। त्यो राजनीतिक स्थिरताको लागि थियोस। मैले सुरुमै भनेको थिए संसदको सुरुमा नै संसदमा अस्थिरताको आवाज उठ्न थालेका छन्। संसद अन्योलता र देश अनिश्चितातर्फ जाने सम्भावना बढेको छ। हामीले संसदको पुर्ण कार्यकालको सुनिश्चिताको लागि प्रधानमन्त्रीको प्रस्तावमा मतदान गरेका थियौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर