धनुषाको राजदेवी मन्दिरबाट मूर्ति र गहना चोरी – Nepal Press

धनुषाको राजदेवी मन्दिरबाट मूर्ति र गहना चोरी

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयामा रहेको प्रसिद्ध राजदेवी मन्दिरबाट चाँदीको मूर्ति र गहना चोरी भएको छ ।

मन्दिरबाट राजदेवी माताको मूर्ति, थाल, गहना, मुकुटलगायत चाँदीका सबै समान चोरिएको हो । शनिबार मध्यरातमा मन्दिरपछाडिबाट पसेका चोरहरूले मूर्तिलगायतका समान चोरेर लगेको पुजारी धिरज यादवले जानकारी दिए ।

हतियारसहित आएका चोरहरूले मन्दिरमा जडित सीसीटीभी क्यामेराको तारसमेत काटेका छन् । मन्दिरबाट चोरी गरिरहेको भिडिओ भने क्यामेरामा कैद भएको छ । भिडिओमा चोरहरूले अनुहार छोपेको देखिन्छ ।

पूजारी यादवका अनुसार मूर्तिसहितका सबै समान करिब साढे तीन किलो चाँदीको थियो । मन्दिर र सीसीटीभी पनि तोडफोडका कारण क्षति बढेको छ ।

यस मन्दिरबाट यसअघि चार पटक मूर्ति चोरी भइसकेपनि प्रहरीले अहिलेसम्म एकजनालाई पक्राउ गर्न सकेको छैन । पुजारी यादवले प्रहरीको कमचोरीकै कारण पटकपटक चोरी भएको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *