संघीय संसद सचिवालय कर्मचारी युनियनमा बेलवासे निर्वाचित, अन्य को-को ? – Nepal Press

संघीय संसद सचिवालय कर्मचारी युनियनमा बेलवासे निर्वाचित, अन्य को-को ?

काठमाडौं । संघीय संसद सचिवालय कर्मचारी युनियनको नयाँ नेतृत्व निर्वाचित भएको छ । युनियनको अध्यक्षमा नेपाली कांग्रेस र नेकपा माओवादी समर्थित प्यानलबाट गोविन्द बेलवासे निर्वाचित भएका छन् । उनले ८६ मत ल्याए ।

त्यस्तै, उपाध्यक्षमा नेकपा एमाले समर्थित प्रमिला पौडेल गौतम विजयी बनेकी छन् । त्यसैगरी, सचिवमा माओवादी समर्थित सरस्वती रिजाल विजयी भएकी छन् भने सहसचिवमा कांग्रेसनिकट अर्जुन पौडेलले जित हासिल गरे ।

युनियनको सदस्यहरुमा कांग्रेस र माओवादी समर्थित सदन राई र सकुन्तला भट्ट चयन भए भने बाँकी सदस्यहरुमा एमाले समर्थित बिनुका शेर्पा, समिर गौतम, विकास विश्वकर्मा र डल्ले गुरुङ विजयी बनेका छन् ।

निर्वाचनमा एमाले एक्लै लडेको थियो भने कांग्रेस र नेकपा माओवादीले संयुक्तरुपमा प्रस्तुत भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर