बुटवलमा पाँचौं लनटेनिस प्रतियोगिता हुने, भारत तथा भूटानका खेलाडी पनि आउने – Nepal Press

बुटवलमा पाँचौं लनटेनिस प्रतियोगिता हुने, भारत तथा भूटानका खेलाडी पनि आउने

रूपन्देही । बुटवलमा फागुन ६ देखि १० गतेसम्म लन टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा भारत र भुटानका खेलाडीसमेत सहभागी हुने भएका छन् ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपालप्रसाद ज्ञवालीले संघले २०७२ सालदेखि लन टेनिसको राष्ट्रिय प्रतियोगिता गर्दै आएको जानकारी दिए ।

यसपटक बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग हुने भएकोले प्रथम मेयर कपको रुपमा नाम दिएको उनले बताए ।

प्रतियोगितामा देशभरबाट विभिन्न उमेर समूहका पुरुष तथा महिला खेलाडीहरुले भाग लिने ज्ञवालीले बताए । उनका अनुसार प्रतियोगितामा युगल, सिंगल, भेट्रान्स सिंगल, डबल गरी १२ विधाका १५० खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगिताको पुरुष तथा महिला सिंगलतर्फ उपाधि विजेताले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणप तथा उपविजेताले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा तृतीय दुई जना खेलाडीलाई जनही २० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ ।

त्यसैगरी सिंगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमशः नगद ३० हजार, १५ हजार १० हजार रुपैयाँ ४५ वर्षमा विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः २५ हजार, १५ हजार १० हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

५५ वर्षमाथि उमेर समूहका विजेता, उपविजेता र तृतीयलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र यसैगरी ६५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता तथा तृतीय खेलाडीलाई क्रमशः १५ हजार, ७ हजार ५ सय तथा ३ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ।

यसैगरी डबल्सतर्फ पुरुष र महिलाको उपाधि विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ।

भेट्रान्स डबल्सतर्फका विजेता, उपविजेतालाई क्रमशः नगद १५ हजार, १० हजार रुपैयाँसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । ५२ विधामा खेलाइने प्रतियोगिताको पुरस्कारमा ४ लाख २२ हजार ५ सय रुपैयाँ तथा कुल १८ लाख ७२ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर