सहकारी बचतकर्ताको पैसा सुरक्षित बनाइदिन बालेनको आग्रह – Nepal Press

सहकारी बचतकर्ताको पैसा सुरक्षित बनाइदिन बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बीच सहकारी क्षेत्रको वित्तिय व्यवस्थापनका विषयमा कुराकानी भएको छ ।

भेटका क्रममा महानगरको कार्यक्षेत्रका सहकारीहरुमा सर्वसाधारणले गरेको बचत सुरक्षाका लागि प्रबन्ध गर्नु पर्ने कानुनी व्यवस्थाका विषयमा कुराकानी भएको हो ।

कुराकानीका क्रममा प्रमुख शाहले सहकारीहरुमा सर्वसाधारणले बचत गरेको रकम सुरक्षा गर्न काठमाडौं महानगपालिकाले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको उल्लेख गरे । यसलाई थप प्रभावकारी बनाउन राष्ट्र बैङ्क र विज्ञहरुसँग सहकार्य गर्न तयार रहेको प्रमुख शाहको भनाइ छ ।

सहकारीहरुमा बचतको सिलिङ् सम्बन्धी कानुनी प्रवन्ध गर्न सक्छ । भेटमा गभर्नर अधिकारीले भने, ‘महानगरलाई आवश्यक पर्ने सहयोग राष्ट्र बैङ्कले उपलब्ध गराउन सक्छ ।’

काठमाडौँ महानगरपालिका क्षेत्रमा अहिले १ हजार ९५५ वटा सहकारी छन् । ती मध्ये १ हजार ६२८ वटा बचत तथा ऋण सहकारी हुन् । २६४ वटा बहुउद्देश्यीय, १५ वटा कृषि, १३ वटा उपभोक्ता, ३ वटा सीपमुलक, २ वटा शिक्षामुलक, एउटा सञ्चार, ३ वटा श्रमिक, पर्यटन, साझा र चियाका एक÷एक वटा र अन्य ५ वटा सहकारी छन् ।

काठमाडौं कार्य क्षेत्र भएका सहकारीहरु महानगरको सहकारी विभागमा दर्ता भएर सञ्चालन हुन्छन् । सहकारी वित्तिय जोखिमका उजुरीहरु पर्ने गरेका छन् । यस्ता उजुरीहरुमा बचत फिर्ता, व्याज मिलान, लिलाम व्यवस्थापन, अध्यक्षको मनोमानी कारोबार, स्टेटमेन्टमा कम रकम उल्लेख गरेको, साधारण सभा नबोलाएको, कार्य समिति विवाद, लेखा समिति विवाद, ऋण असुली जस्ता विषय छन् ।

घर भाडा नतिरेको, ऋण तिर्दा पनि धितो फुकुवा नगरिदिएको समस्या सहकारी क्षेत्रमा देखिएका समस्या हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर