कर्णाली सरकारबारे निर्णय गर्ने जिम्मा एमालेका संसदीय दलका नेता कँडेललाई जिम्मा – Nepal Press

कर्णाली सरकारबारे निर्णय गर्ने जिम्मा एमालेका संसदीय दलका नेता कँडेललाई जिम्मा

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सभाको संसदीय दलले सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा निर्णय लिने जिम्मा दलका नेता यामलाल कँडेललाई दिएको छ ।

दलको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, सत्तारुढ गठबन्धनसँग वार्ता गर्ने, छलफल गर्ने र सरकारमा सहभागीता बारेमा निर्णय गर्ने एकल जिम्मेवारी दलका नेतालाई कँडेललाई दिइएको छ ।

कर्णाली प्रदेशसभा सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश उप-सचिव टेकराज पछाईले लामो समय चलेको बैठकले उक्त अधिकार दलका नेता कँडेललाई हस्तान्तरण गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर