नेपाल टी–२० : सुनम र वर्लको अर्धशतकीय पारिमा काठमाडौंले जनकपुरलाई दियो १८१ रनको लक्ष्य – Nepal Press

नेपाल टी–२० : सुनम र वर्लको अर्धशतकीय पारिमा काठमाडौंले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

काठमाडौं । ओपनर सुनम गौतम र रायन बर्लको अर्धशतकीय इनिङ प्रेरित जारी नेपाल टी–२० लिगमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई १ सय ८१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमायो ।

काठमाडौंका लागि ओपनर सुनाम गौतमले ४७ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६२ रनको इनिङ खेले । रायन बर्लले ४० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६१ रनको अविजित इनिङ खेले । एलेक्स ब्लेकले २१ बलमा २ चौका र १ छक्काको मद्दत लिँदै २० रन योगदान गर्दा अज्मतुल्लाह ओमारजाई १० बनाएर पभेलियन फर्किएका थिए ।

जनकपुरको बलिङमा जितेन्द्र मुखियाले सर्वाधिक तीन विकेट लिए । उनले ४ ओभरमा ३८ रन खर्चिएका थिए । ट्रेभोन ग्रिफ्त र सरार्फुदिन असरर्फले समान एक/एक विकेट लिए ।

जारी प्रतियोगितामा जनकपुर ५ खेलमा ४ जित र १ हारको नतिजासहित ८ अंक जोडेर दोस्रो स्थानमा छ । ४ खेल खेलेर दुई जित र दुई हारको नतिजा निकालेका काठमाडौं ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

आज हुने दोस्रो खेलमा विराटनगर सुपर किङ्स र लुम्बिनी अलस्टार्सबीच प्रतिस्पर्धा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर