आर्सनललाई सात अङ्कको अग्रता – Nepal Press

आर्सनललाई सात अङ्कको अग्रता

काठमाडौं । आर्सनलले इङ्ग्लिस प्रिमियर लिगमा सात अङ्कको अग्रता लिएको छ । शनिवार राति भएको खेलमा ब्राइटनलाई ४–२ ले पराजित गर्दै आर्सनल म्यानचेस्टर सिटीभन्दा सात अङ्कको अघि रहेको हो ।

जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको १६ खेलबाट ४३ अङ्क छ । समान खेलबाट सिटीको ३६ अङ्क रहँदा पराजित ब्राइटन २४ अंकसहित आठौँ स्थानमा रह्यो ।

भ्रमणकारी टोली आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोल गरे । यसै गरी बुकायो साका र इडवार्ड एन केटियाले एक एक गोल गरेका थिए । ब्राइटनका लागि काउरु मिटोमा र इभान फर्गुसनले समान एक गोल गरे ।

राति नै भएको खेलमा सिटी एभर्टनसँग १–१ गोलको बराबरीमा रोकियो । म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई १–० ले पराजित गर्‍यो ।

यसै गरी फुलहमले साउथह्याम्पटन र क्रिस्टियल प्यालेसले  बर्थमाउथलाई हरायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर