नेपाल टी-२०ः पोखरालाई फारवेस्टले दियो १८८ रनको लक्ष्य – Nepal Press

नेपाल टी-२०ः पोखरालाई फारवेस्टले दियो १८८ रनको लक्ष्य

काठमाडौं । जारी नेपाल टी-२० लिगमा फार वेस्र्टन युनाइटेडले पोखरा एभेन्जर्सलाई १८८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको फारवेस्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८७ रन जोडेको छ ।

फारवेस्टको ब्याटिङमा उमार अलिले सर्वाधिक ४२ रनको योगदान गरे । उनले २६ बलमा ५ छक्का प्रहार गरे । ओपनर देव खनाल ३१ बलमा ३ चौका र १ छक्कासहित ३३ रन बनाएर पेभेलियन फर्कंदा हसिम अन्सारी र भीम सार्कीले समान १७-१७ रन जोडे ।

विनोद भण्डारी ११ रन र रासिद खान १५ बलमा २ चौका र छक्का प्रहार गर्दै ३२ रनमा आउट हुँदा करण केसी १२ रनमा अविजित रहे ।

पोखराको बलिङमा जाहिर खानले ४ ओभरमा २४ रन खर्चिंदै सर्वाधिक तीन विकेट लिए । अमिर हम्जा र तुलबहादुर थापाले समान दुईदुई विकेट लिए । कुशल मल्ल र आरिफ शेखले समान एक÷एक विकेट लिए ।

जारी लिगमा लगातार पाँच खेल हारेको पोखरा पहिलो जीत निकाल्ने लक्ष्यमा छ । यस्तै फारवेस्टले चारमध्ये एक खेलमात्रै जित्न सकेको छ ।

आज सम्पन्न पहिलो खेलमा लुम्बिनी अलस्टार्सले काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर