लुम्बिनीले काठमाडौंलाई दियो १५१ रनको लक्ष्य – Nepal Press

लुम्बिनीले काठमाडौंलाई दियो १५१ रनको लक्ष्य

काठमाडौ । जारी नेपाल टी–२० लिगमा अपराजित लुम्बिनी अलस्टार्सले काठमाडौं नाइट्सलाई १५१ रनकोे लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रनको योगफल तयार  पार्‍याे ।

लुम्बिनीका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले २७ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४० रन जोडे । ओपनर लाहिरु मिलन्था १८ बलमा २ छक्कासहित २५ रनमा आउट हुँदा कुशल भुर्तेलले १६ बलमा ३ चौकासहित १९ रनको योगदान गरे ।

हर्मितसिंह १२ रन, र अनिल शाह १३ रनमा आउट हुँदा सेड्ली भान स्केल्कवेक २१ रनमा अविजित रहे ।

काठमाडौंको वलिङमा अन्मतुल्लाह ओमारजाईले ४ ओभरमा १२ रन खर्चिएर २ विकेट लिए । अविनाश बोहरा, अनिल खरेल, वसिर अहमद, सुनम गौतम र एलेक्स ब्लेकले समान १ विकेट लिए ।

आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र फार वेस्र्टन युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर