जुम बैठकमा माधव नेपालको बकपत्र- ओलीजी म त किनारामा बसेर हेर्ने हो भन्दै थिए, लास्टमा बिताइदिए – Nepal Press

जुम बैठकमा माधव नेपालको बकपत्र- ओलीजी म त किनारामा बसेर हेर्ने हो भन्दै थिए, लास्टमा बिताइदिए

एमालेका नेताले मरेकाटे प्रचण्डलाई मान्दैनौं भनेर देउवालाई बालुवाटारमा कुराए, प्रचण्डले मलाई पनि लान्छु भनेर एक्लै बालकोट गए

मेरो र शेरबहादुरजीको कुरा हुँदा उहाँले (प्रचण्डलाई प्रधानमन्त्री) मान्नुभएन । पूर्णबहादुर खड्काहरुले मान्नुभयो । ज्ञानेन्द्र कार्कीले मान्नुभएन । त्यसपछि प्रचण्डजी र म छतमा गएर आधा घण्टा कुरा गर्‍यौं । प्रचण्डले भन्नुभयो, ‘अब गठबन्धन टुट्छ । कांग्रेसले मान्दैन । के विकल्प हुन्छ, त्यसबारे सोचौं । तपाईं, म र केपी ओली बसौं’ भन्नुभयो । हामी निस्कियौं ।

फर्किएपछि हामीले सचिवालय बैठक बोलायौं । साथीहरुलाई सबै कुरा भन्यौं । मैले रवि लामिछानेलाई फोन गरें । आउनुस् भन्दा बालकोट नजिकै पुगें भन्नुभयो । उपेन्द्र यादवजीलाई फोन गरें । आउँछु, प्रचण्डजीलाई पनि बोलाउनुस् भन्नुभयो । त्यसपछि राजेन्द्र लिङ्देनलाई फोन गरें, उहाँ बालकोट पुगिसक्नुभएछ ।

प्रचण्डजी बालुवाटारबाट निस्किएर आफ्नो घरमा जानुभएछ । त्यहाँ एक घण्टा बस्नुभयो । कतै शेरबहादुरको फोन आउँछ कि भनेर बस्नुभयो । तर, फोन आएन । अनि, केपीले प्रचण्डलाई बोलाउनुभयो । उहाँले बालकोटमा बोलाउँदा प्रचण्डले त्यहाँ त आउँदिनँ भन्नुभएछ । ‘किन नआउने, यहाँ आउँदा के हुन्छ ? आउनुस्’ भन्नुभयो ।

अनि, मलाई शेरबहादुरले ४ बजे फोन गर्नुभयो । आउनुस्, तपाईंलाई प्रधानमन्त्री बनाऔं, त्यसपछि प्रचण्डजीलाई बनाऔं भन्नुभयो । मैले ‘अब सबै कुरा बिग्रिएपछि केही हुँदैन’ भनें ।

मैले रवि लामिछानेलाई फोन गरें । आउनुस् भन्दा बालकोट नजिकै पुगें भन्नुभयो । उपेन्द्र यादवजीलाई फोन गरें । आउँछु, प्रचण्डजीलाई पनि बोलाउनुस् भन्नुभयो । त्यसपछि राजेन्द्र लिङ्देनलाई फोन गरें, उहाँ बालकोट पुगिसक्नुभएछ ।

शेरबहादुर किन ढुक्क भए त ? अघि भर्खर पूर्णबहादुरजी आएका थिए । शेरबहादुर र आरजुको पनि फोन आएको थियो । बसेर कसरी जानुपर्छ भन्ने छलफल गरौं भन्नुभएको थियो । त्यसदिन (१० गते) शेरबहादुरजी ढुक्क हुनुभएको रहेछ ।

एकजना एमालेका नेता बालुवाटारमा गएर ‘मरिकाटे पनि प्रचण्डलाई प्रधानमन्त्री मान्दैनौं, तपाईं ढुक्क हुनुस्’ भनेका रहेछन् । त्यसपछि बीचमा ३ बजे केपी ओली बालुवाटार पुग्ने भनेर खबर लगेछन् । अनि पो, देउवाजी हामीसँग प्रचण्डको कुरा ‘हुन्न कि हुन्न’ भन्दारहेछन् ।

उहाँ (देउवा) एमालेहरुको कुराले ढुक्क हुनुभयो । तर, साढे तीन बजिसक्यो । केपीजी आउने छाँटकाँट छैन । ट्राफिकलाई बुझ्न लगाउँदा कोटेश्वर पनि कटेका छैनन् । गौशाला पनि कटेका छैनन् । अनि, ४ बजे मलाई फोन आयो । कुरा सबै बिग्रिसकेको थियो । हस्ताक्षर भएर पनि राष्ट्रपतिकोमा हिँडिसकेका छन् ।

तुलनात्मक रुपमा अहिलेको चुनौती सामना गर्न प्रचण्डजी ठीक हुनसक्छन् । तर, हामीसँग कुनै सल्लाह भएको थिएन । कसैले सोधेको पनि छैन, खोजेको पनि छैन । हामीले ‘पर्ख र हेर’ को नीति लियौं । ५ बजे राष्ट्रपतिकोमा पुग्दासम्म हामीलाई कसैले खोजेनन् । हामी समर्थनको कागज लिएर राष्ट्रपतिकोमा जानुपर्थ्यो कि बालकोटमा पुग्नुपर्थ्यो कि ? तर, हामी कतै गएनौं ।

मैले प्रचण्डलाई साँझ फोन गरेर बधाई भनें । उहाँले ‘धन्यवाद’ भन्नुभयो । मलाई रिस उठ्यो, ‘केको धन्यवाद ? सोध्नु खोज्नु छैन । यसरी हुन्छ ?’ भनें । भोलिपल्ट शपथ ग्रहण हुने भयो । कीर्तिपुरमा पुष्पलाल स्मृति प्रतिष्ठानमा उहाँसँग भेट भयो ।

शपथ ग्रहण समारोहमा पुग्दा केपीजी र मसँगै बस्नेमा परियो । कसैले केही कुरा भएन भने, कसैले खासखुस भयो भने । भएको हो, उहाँले सामान्य सञ्चो, बिसञ्चो सोध्नुभयो । उहाँले ‘म त किनारामा बसेर हेर्ने हो’ भन्नुभयो । त्यसो भन्दा छेउमा पूर्वउपराष्ट्रपति परमानन्दजी, बाबुरामजीहरु हुनुहुन्थ्यो ।

एकजना एमालेका नेता बालुवाटारमा गएर ‘मरिकाटे पनि प्रचण्डलाई प्रधानमन्त्री मान्दैनौं, तपाईं ढुक्क हुनुस्’ भनेका रहेछन् । त्यसपछि बीचमा ३ बजे केपी ओली बालुवाटार पुग्ने भनेर खबर लगेछन् । अनि, पो देउवाजी हामीसँग प्रचण्डको कुरा ‘हुन्न कि हुन्न’ भन्दारहेछन् ।

पर्सिपल्ट बिहान प्रचण्डजीसँग कुरा भयो । उहाँले निवासमा बोलाउनुभयो । म जान मानिनँ । प्रधानमन्त्री कार्यालयमा बोलाउनुभयो, म गइनँ । त्यसपछि तेस्रो ठाउँमा बोलाउनुभयो । भेट भयो । मैले धेरैबेर उहाँप्रति असन्तुष्टि राखे ।

‘मेरो सरकारलाई समर्थन गर्नुपर्‍यो’ भन्नुभयो । म पार्टीमा सल्लाह गर्छु भनें । त्यसपछि उपेन्द्र यादवजीसँग कुराकानी भयो । नयाँ ढंगले कुरा गरौं । पहिला जसपा, माओवादी र हामी एकता गरौं भन्ने कुरा भएको थियो । चुनावभन्दा पहिला पनि केही संयन्त्र बनाउन सकिन्छ भनेर छलफल गरेका थियौं । त्यही कुरा अहिले पनि गरौं भन्ने छ ।

विष्णु पौडेलसँग भेट भएको समाचार आएको छ । त्यो समाचारमा सत्यता छैन । उहाँलाई शपथ ग्रहणका बेलामा मात्रै देखेको हो । तर, एमालेका कतिपय कार्यकर्ता मेरोमा आउनुभएको छ । नयाँ ढंगले जाऔं भन्ने कुरा आएको छ ।

स्वयं राष्ट्रपतिबाट पनि त्यस्तो सन्देश आइरहेको छ । मैले पार्टीका साथीहरुसँग समग्र कुरामा छलफल गरेर जाऔं भनेको छु । केपीजीले मलाई घरमा बोलाउनुभयो भन्ने कुरा सत्य होइन । मेरो घरमा आउनुस्, रातो कार्पेट बिच्छ्याउँछु भनेको कुरा पनि सत्य हैन ।

यसबीचमा मन्त्री, मन्त्रालय बाँडिएको छ । हामीलाई जानकारी छैन । राष्ट्रपति, उपराष्ट्रपतिको कुरा सुनियो । तर, त्यस्तो केही कुरा आएको छैन । हल्ला त मैले पनि सुनेको छु । तर, ती हल्ला सत्य हैनन् ।

केपी ओलीसँग कुरा गरौं भन्ने कुरा पनि आएको छ । पुराना कुराले हामीलाई दोषी बनाउन सक्छन् ।

पर्सिपल्ट बिहान प्रचण्डजीसँग कुरा भयो । उहाँले निवासमा बोलाउनुभयो । म जान मानिनँ । प्रधानमन्त्री कार्यालयमा बोलाउनुभयो, म गइनँ । त्यसपछि तेस्रो ठाउँमा बोलाउनुभयो । भेट भयो । मैले धेरैबेर उहाँप्रति असन्तुष्टि राखे ।

विभिन्न किसिमका भागबन्डाका कुरा सुनिएका छन् । हामीसँग कुनै सल्लाह छैन । अहिले कांग्रेसबाट वामपन्थीमा सरकार आउने कुरा सकारात्मक हो । प्रचण्डजी हुनु सकारात्मक हो । भ्रष्टाचारका विरुद्धमा उभिने कुरा हुन्छ भने, विकास निर्माणका काममा लाग्ने कुरा हुन्छ भने त्यसमा सहयोग हुन्छ । हामी सरकारमा रहौं या नरहौं, त्यस्तो कुरामा हामी साथ दिन्छौं । हामीलाई वास्ता गर्दा वा नगर्दा फरक त परिहाल्छ ।

हामीले सचिवालय बैठकमा कुरा गर्‍यौं, पार्टीलाई बलियो बनाऔं । शक्ति आर्जन गर्दामात्रै सम्मानजनक भूमिका हुँदोरहेछ ।

हामीसँग थुप्रै योग्य साथीहरु हुनुहुन्छ । तर, कसले कति जिम्मेवारी पालना गर्नुभयो ? समीक्षा गर्नुपर्छ । चार वर्षको समय हामीसँग छ । रविले पार्टी बनाउन सक्छन् भने हामीले किन सक्दैनौं ?

भनेका छन्, ‘३ जना सांसद पनि टिक्नेवाला छैनन्, राष्ट्रिय मान्यता प्राप्त पार्टी नभएकाले ह्वीप पनि नलाग्ने अवस्था छ’ भनेर हल्ला गरेका छन् । अहिले कानूनी प्रावधान क्लियर छ । हाम्रो पार्टी राष्ट्रिय मान्यता प्राप्त नभए पनि राजनीतिक दलको रुपमा दर्ता भएको छ, ह्वीप लाग्छ । त्यसैले नेता र सचेतकको प्रबन्ध भएको छ ।

राष्ट्रिय पार्टी हुँदाका केही केही सुविधा, प्रवन्ध पाइएन । तर, ह्वीप लाग्छ । तर, कमजोर पाइला भएका मानिसहरुको बारेमा केही भन्न सकिँदैन । अधिकांश साथीहरुमा पार्टी बनाउन सकिन्छ भन्ने विश्वास छ । तपाईंहरुमा पनि त्यही भावना होला भन्ने लाग्छ ।

हामी स्थायी कमिटीको बैठक बस्दैछौं । साथीहरुले महाधिवेशन हुनुपर्छ पनि भन्नुभएको छ । हामी तयारी गर्नेछौं । पार्टी बनाउनेछौं । साथीहरु पार्टीमा जोडिने कुराहरु आएका छन् । घनश्याम कमरेड तयार हुनुहुन्छ । भीम रावलले भोलि बसौं भन्नुभएको छ । वामदेव कमरेड तयार हुनुभएको छैन । तर, सकारात्मक हुनुहुन्छ ।

माओवादीहरुले ‘मिलेर जाऔं’ भनिरहेको, केही एमालेका साथीहरुको भावना राम्रो रहेछ । त्यसो भए पनि उनीहरुले खेल्ने भूमिका र व्यवहारलाई ख्याल गरेर कदम चाल्नुपर्ने आवश्यकता पर्छ । त्यसैले २५ गते संसदको बैठक बोलाइएको छ । त्यसपछि विश्वासको मत लिने काम हुन्छ । प्रचण्डजीले भन्नुभएको छ, ‘विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् विस्तार गरिनेछैन ।’

अब तपाईंहरुको सुझाव के-के छ, हामी सुन्छौं ।

(नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीका जनवर्गीय संगठन, उपत्यका र प्रवास कमिटीलाई जुम बैठकमा गरेको सम्बोधनको सम्पादित अंश ।)


प्रतिक्रिया

One thought on “जुम बैठकमा माधव नेपालको बकपत्र- ओलीजी म त किनारामा बसेर हेर्ने हो भन्दै थिए, लास्टमा बिताइदिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर