चेल्सीको सहज जित – Nepal Press

चेल्सीको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा मङ्गलवार राति चेल्सीले एफसी बर्नमाउथलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान स्टाफोर्ड ब्रिजलमा चेल्सीले सहज जितसँगै तीन अंक जोडेको हो ।

चेल्सीको जितमा काइ हाभार्टज र मासोन माउन्टले समान एक एक गोल गरेका थिए । दुवै गोल पहिलो हाफमा सम्भव भएको हो ।

खेलको १६औँ मिनेटमा रहिम स्टर्लिङको पासमा हाभार्टजले पहिलो गोल गरे । २४ औँ मिनेटमा माउन्टले दोस्रो गोल गरेका थिए ।

हाभार्टजले दोस्रो गोल ४४औँ मिनेटमा गरे पनि भिएआरले त्यसलाई मान्यता दिएन ।

जितपछि चेल्सी १५ खेलबाट २४ अंक सहित आठौं स्थानमा उक्लिएको छ । बर्नमाउथ १६ खेलबाट समान अंक सहित १४औँ स्थानमा छ ।

मङ्गलवार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फोरेस्टलाई ३–० ले पराजित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर