तस्बिरमा यस्तो देखियो शपथग्रहण – Nepal Press

तस्बिरमा यस्तो देखियो शपथग्रहण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री दाहालसँगै ७ जना मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् ।

शपथ ग्रहणमा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनालगायत प्रमुख दलका शीर्ष नेताहरु पुगेका थिए ।

शपथ ग्रहण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि पुगेका थिए । एमाले अध्यक्ष ओली र एसका अध्यक्ष नेपालसँगै बसेका थिए । पार्टी विभाजन भएसँगै उनीहरु सँगै देखिएका थिएनन् । निवर्तमान  प्रधानमन्त्री देउवा शपथ ग्रहण नसकिँदै बाहिरिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर