नेपाल टी-२० : विराटनगरले जनकपुरलाई दियो १४१ रनको लक्ष्य, ललितले लिए ५ विकेट – Nepal Press

नेपाल टी-२० : विराटनगरले जनकपुरलाई दियो १४१ रनको लक्ष्य, ललितले लिए ५ विकेट

काठमाडौं । विराटनगर सुपर किङ्सले जारि नेपाल टी–२० लिगमा जनकपुर रोयल्सलाई १ सय ४१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको विराटनगर एक बल बाँकी रहँदा अलआउट हुँदै १ सय ४० रनको योगफल तयार गर्यो ।

बिराटनगरको ब्याटिङमा ओपनर अर्जुन साउद १८ रन जोडेर पभेलियन फर्कँदा अर्का ओपनर गौरान्सु शर्मा गोल्डेन डक आउट भएका थिए ।

रोहित पौडेलले २९ बलमा ३ चौका र एक छक्कासहित ३२ रन योगदान गर्दा, सिकन्दर राजाले १८ बलमा २ चौका र ४ छक्कासहित ३८ रन जोडेर पभेलियन फर्किएका थिए ।

ललित नारायण राजवंशीको बलमा बोल्ड आउट हुनुअघि हुसेन टलतले १८ बलमा ४ चौकासहित २८ रन बनाए । त्यसबाहेक विवेक यादवले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जनकपुरका लागि बलिङमा ललितले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ५ विकेट लिए । केस्रिक विलियम्स र मोहमद आदिल आलमले २ विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।

पहिलो खेलमा बिराटनगर लुम्बिनी अलस्टार्ससँग २ रनले पराजित भएको थियो । भने जनकपुरले पोखरा एभेन्जर्सलाई ५ विकेटले पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर